गृहपृष्ठ आईबीए परिवारद्वारा हरितालिका तीजको भव्य उत्सव सम्पन्न
आईबीए परिवारद्वारा हरितालिका तीजको भव्य उत्सव सम्पन्न
इटहरी, भदौ १६ – अन्तर्राष्ट्रिय ब्युटिसियन एकेडेमी (आईबीए)ले भदौ १६ गते आइतबार तीजको मुख्य कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाका ८ वटा शाखाका तीन सयभन्दा बढी विद्यार्थी र पूर्व विद्यार्थीहरू सहभागि भएको यस कार्यक्रममा नाचगान, खेलकुद तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूको आयोजनासमेत गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले शुभकामना आदानप्रदान गर्दै, तीजको रौनकमा रमाए। आईबीएका सञ्चालक निरम बस्नेतले कार्यक्रमको आयोजना र व्यवस्थापनको बारेमा जानकारी दिएकी थिइन्।
आईबीएले महिलाहरूका साथै पुरुषहरूलाई पनि ब्युटिसियन तालिम तथा सेवा प्रदान गर्दै आएको छ। संस्थाका विराटनगर, विराटचोक, पथरी, दमक, धरान, इनरुवा, र गाईघाटमा शाखाहरू सञ्चालनमा छन्। विशेष तीज कार्यक्रमको आयोजना गरेर, संस्थाले दिदीबहिनीहरूसँग खुसीयाली साटासाट गरेको थियो।
कार्यक्रमको समापनमा सीईओ निरम बस्नेतले टोलीको उत्साह र सहकार्यको प्रशंसा गर्दै, आगामी दिनहरूमा पनि यस्ता सामूहिक कार्यक्रमहरू आयोजनाको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित समय २२:५९ बजे







