गृहपृष्ठ ओखलढुंगाबासीको लागि खुशीको खबर नेपाल एयरलाइन्सले रुम्जाटार हप्तामा दुई उडान भर्ने
ओखलढुंगाबासीको लागि खुशीको खबर नेपाल एयरलाइन्सले रुम्जाटार हप्तामा दुई उडान भर्ने
काठमाडौंबाट ओखलढुंगाको रुम्जाटार विमानस्थलमा आउने आइतबारबाट हप्तामा दुईवटा उडान भर्ने भएको छ ।
‘नेपाल एयरलाइन्सले सातामा एउटा उडान भर्ने गरेको थियो, यो साताबाट दुईवटा उडान भर्ने कार्यतालिका छ।
अघिसम्म सातामा एकपटक मात्र उडान गर्दै आएको थियो भने माननिय रामहरि खतिवडाको विशेष पहलमा प्रत्येक आइतबार र बुधबार उडान भर्ने नेपाल एयरलाइन्सका रुम्जाटार स्टेशन इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए । यात्रु बोकेर जहाज काठमाडौंबाट बिहान ६ः१५ मा उड्नेछ । रुम्जाटार एयरपोर्टमा अवतरण गरेको झन्डै १० मिनेटपछि यात्रु बोकेर जहाज काठमाडौं फर्किने इन्जार्च चन्दले जानकारी दिए । काठमाडौंबाट जाँदा १६ जना यात्रु बोक्ने र फर्किदा बढीमा १५ जना मात्र यात्रु लिएर फर्किने उनले बताए ।
अहिले वर्षाको सिजन भएकाले जहाज उड्नलाई मौसमले साथ नदिएको गुनासो इन्चार्ज चन्दको छ । ‘आज बुधबार उडान हुनुपर्ने जहाजलाई समेत मौसमले साथ नदिँदा उडान भर्न सकेन’ इन्चार्ज चन्दले भने, मौसमले साथ दिएको भए नियमित उडान भर्ने र छिट्टै रुम्जाटारमा कार्यालय व्यवस्थापन गर्न सजिलो हुने थियो ।’
ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले रुम्जाटारमा कार्यालय स्थापनाका लागि सहजीकरण गरिरहेको इन्चार्ज चन्दले बताए । विस्तारै कार्यालय र कर्मचारीको व्यवस्थापन हुनेछ, उनले भने, ‘यात्रुको आवश्यकतालाई ध्यानमा राखेर नेपाल एयरलाइन्सले उडान थपेको हो । यसका लागि सबैतिरको सहयोग आवश्यक पर्छ ।’
प्रकाशित समय २१:५२ बजे







