DG Creation

गृहपृष्ठ ट्रान्सफर रकमले धनी रियलको एकेडेमी

ट्रान्सफर रकमले धनी रियलको एकेडेमी

rohit-sharma-and-virat-kohli-candles khabar

क्लबको इतिहासमा एकेडेमीका खेलाडीले प्राप्त गरेको शीर्ष ५ ट्रान्सफर सबै पछिल्लो ४ वर्षमा सम्भव भएको थियो । अघिल्लो सातामात्र अक्रफ हाकिमी इन्टर मिलानमा अनुबन्ध भएपछि रियलले मोटो रकम हात पारेको थियो । त्यसअघि अल्भारो मोराटा, मार्कोस लोरेन्टे, जेसे रोड्रीग्वेज र राउल डे टोमस पनि रियल छाडेर अन्यत्र लागेका थिए ।

सन् २०१७ मा चेल्सीले रियलको एकेडेमीबाट माथि आएका फरवार्ड अल्भारो मोराटालाई ६६ मिलियन युरो खर्चेर खरिद गरेको थियो । उनी रियलको इतिहासमा एकेडेमीबाट विक्री हुने सबैभन्दा महँगा खेलाडी हुन् । मोराटाले चेल्सीमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि हाल एटलेटिको म्याड्रिडबाट खेल्दै आएका छन् । उनले त्यसअघि युभेन्टसबाट पनि खेलेका थिए ।

इन्टरले हाकिमीलाई अनुबन्ध गर्दै ४० मिलियन युरो खर्च गरेको हो । पछिल्ला दुई सिजन जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट लोनमा खेलेका उनले रियलको पहिलो टोलीमा लगातार मौका पाउने सम्भावना थिएन । त्यसैले प्रशिक्षक जिदानकै सल्लाहअनुसार उनले इन्टर जाने निर्णय गरेका हुन् ।

सन् २०१९ मा रियलले युवा मिडफिल्डर मार्कोस लोरेन्टेलाई ३० मिलियन युरोमा बेच्यो । छिमेकि क्लब एटलेटिको म्याड्रिड पुगेका लोरेन्टेले सान्टियागो सोलारी प्रशिक्षक रहँदा प्रभाव जमाएपनि जिदानको नेतृत्वमा भने खेल्न सकेका थिएनन् ।

त्यसअघि सन् २०१६ मा पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले जेसे रोड्रीग्वेजका लागि २५ मिलियन युरो खर्चेको थियो । जेसेले त्यहाँ प्रभाव जमाउन नसकेपछि पछिल्लो समय पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट खेल्दै आएका छन् । उनले लोनमा लास पाल्मास, स्टोक सिटी र रियल बेटिसबाट पनि खेले ।

सन् २०१९ मा नै रियलले पोर्चुगलको बेन्फिकामा राउल डे टोमासलाई बेच्यो । बेन्फिकाले २० मिलियन युरो खर्चेपनि ६ महिनामात्र क्लबका टिकेका उनी हाल एस्पान्योलबाट खेलिरहेका छन् । त्यसअघि सन् २००९ मा अल्भारो नेग्रेडो १९ मिलियन युरोमा सेभिल्ला पुगेका थिए ।

रियलले सन् २०१६ यता एकेडेमीका खेलाडी बेचेर मात्र २ सय ४६ मिलियन युरो कमाएको छ । त्यसैले पनि रियलले ठूला खेलाडी अनुबन्ध गर्दा यूईएफएको आर्थिक नियमावलीको नियमलाई लिएर कुनै समस्या आउने गरेको छैन ।

प्रकाशित समय २२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation