DG Creation

गृहपृष्ठ म्याग्दीमा पहिरोमा पुरिएको ३४ मध्ये २० जनाको शव भेटियो

म्याग्दीमा पहिरोमा पुरिएको ३४ मध्ये २० जनाको शव भेटियो

myagdi-pahiro-cm khabar

म्याग्दीमा पहिरोमा पुरिएका ३४ जनामध्ये २० जनाको शव भेटिएको छ ।

धवलागिरि गाउँपालिका ६ मराङ र मालिका गाउँपालिका ७ को बिममा गएको पहिरोमा परेर हराएकामध्ये १८ जनाको शव भेटिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । मराङमा १० जना र बिममा आठ जनाको शव भेटिएको हो ।

मराङमा पहिरोमा पुरिएकामध्ये रिखामा बेपत्ता भएकाहरुमध्ये सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीका १८ वर्षीय छोरा प्रकाश केसी गरी १० जनाको शव भेटिएको हो ।

यस्तै बिमको पहिरोमा पुरिएकामध्ये विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, र उनका तीन महिनाको छोरा तथा विष्णु नेपाली र सन्दीप नेपाली गरी आठ जनाको शव भेटिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएका छन्।

अहिले पहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतको काम भइरहेको छ ।

प्रकाशित समय १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation