DG Creation

गृहपृष्ठ थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

corona test

मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा स‌ंक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५र५ जना, पाल्पा र जुम्लाका ४र४ जना रहेका छन् ।

त्यस्तै धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३र३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २र२ जना संक्रमित भेटिएका छन् ।

झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १र१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

विगत २४ घण्टामा कोरोना संक्रमण निको भएर ३४ जना डिस्चार्ज भएका छन् । हाल ६ हजार ६ सय ९५ जना संक्रमित आइसोलेनसनमा रहेका छन् । डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३ सय २८ पुगेको छ, कोरोना संक्रमण निको हुने दर ६०।५३ प्रतिशत रहेको छ ।

हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation