DG Creation

गृहपृष्ठ बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दुई लाख २३ हजारभन्दा बढी

बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या दुई लाख २३ हजारभन्दा बढी

Many Who Atteded Tablighi Jamaat Event At Nizamuddin Markaz Tested Positive For COVID-19

बङ्गलादेशमा कोभिड–१९ का कारण थप सङ्क्रमितको सङ्ख्या आइतबार दुई हजार २७५ पुगेको छ । यससँगै बङ्गलादेशमा सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतवार सञ्चारकर्मीहरूसँग भने, “बङ्गलादेशमा विगत २४ घण्टामा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै बङ्गलादेशमा कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ भने दुई लाख २३ हजार ४५३ व्यक्ति सङ्क्रमित भएका छन् ।

बङ्गलादेशले विगत २४ घण्टामा १० हजार ७८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको उल्लेख गरिएको छ ।

अहिलेसम्म निको भई घर फर्किने सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार ८८२ रहेको आइतबार मात्रै एक हजार ७९२ जना निको भएका उनले बताए।

अधिकारीका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १।३१ प्रतिशत रहेको र अहिलेसम्म ५४।४४ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका बताइएको छ ।

प्रकाशित समय २०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation