गृहपृष्ठ लिखु गाँउपालिका उपाध्यक्ष ढुंगेललाई कोरोना संक्रमण पुष्टि
लिखु गाँउपालिका उपाध्यक्ष ढुंगेललाई कोरोना संक्रमण पुष्टि
ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र संक्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी उनी आफैँलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
उपाध्यक्ष ढुंगेल अहिले होम आइसोलेसनमा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्लामा जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको यो पहिलो हो । जिल्लामा अहिले दुईजना सक्रिय कोरोना संक्रमित छन् ।उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।
प्रकाशित समय २१:३१ बजे















