DG Creation

गृहपृष्ठ आज २०७७ भाद्र १० गते, बिहीवारको राशिफल

आज २०७७ भाद्र १० गते, बिहीवारको राशिफल

rashifal-cadles khabar

मेष राशिः कार्यमा अवरोधको सामना गर्नुपर्ने देखिन्छ । चन्द्रबल कमजोर रहेकाले स्वास्थ्यमा पनि सजग रहनु नै आज उचित हुनेछ ।

वृष राशिः आर्थिक उन्नति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । व्यसायमा पनि वृद्धि हुने आजको राशिफल रहेको छ ।

मिथुन राशिः कीर्तिलाभ हुनेछ । आयमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै वित्तीय लाभका योग देखिन्छन् । प्रेम जीवन पनि पारखिलो रहनेछ ।

सिंह राशिः मित्रलाभ हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक लाभका योग पनि देखिन्छन् । प्राविधिक कार्यमा मन अभिप्रेरित रहनेछ ।

कन्या राशिः कीर्तिलाभ हुनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । मित्र मिलनका योग पनि देखिन्छन् ।

तुला राशि : शत्रुपक्ष सबल रहनेछन् । कार्य अवरोधका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

वृश्चिक राशिः विद्याको क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ । प्रेम जीवन सुखद् रहनेछ ।

धनु राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपपर्ने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ ।

मकर राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

कुम्भ राशिः वित्तीय लाभ हुनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । कार्यमा पनि व्यस्तता रहने आजको राशिफल रहेको छ ।

मीन राशिः बौद्धिक कार्यमा मन जानेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै कार्य प्रभावकारितामा वृद्धि हुनेछ । प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ ।

प्रकाशित समय ०५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation