गृहपृष्ठ आज मंगलबार, १८ भदौ २०८१ को हेर्नुस् आजको राशिफल
आज मंगलबार, १८ भदौ २०८१ को हेर्नुस् आजको राशिफल
मेष : मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ। कसै-कसैका लागि सन्तान सुखको योग छ।
वृष : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।
मिथुन : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्रेम सम्बन्ध कसिलो होला। वैदेशिक क्षेत्रको कमबाट लाभ हुनेछ।
कर्कट : सुवर्ण अवसर प्राप्त होला। आफन्तले सहयोग गर्नेछन्। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सहयोगीबाट राम्रै साथ पाइनेछ र काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
सिंह : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको सम्भावना छ।
कन्या : दिन त्यति राम्रो छैन। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। दबाब र तनाव बढेको महसुस हुनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ। तर, सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।
तुला : तुला राशिका जातकका लागि आजको दिन राम्रो छ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। पराक्रम बढ्नुका साथै धन लाभ हुन सक्छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै रमाइलो यात्रा हुनेछ।
वृश्चिक : रोकिएका काम पूरा हुनेछन्। नयाँ सम्बन्ध जोडिन सक्छ। मन मिल्ने साथीको सहयोग प्राप्त हुनेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। सेयर बजार र एजेन्टको काममा भने नोक्सानी हुन सक्छ।
धनु : आफ्नै दक्षतामा महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। प्रियजनको सहयोगले कामबाट फाइदा लिन सकिनेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइने योग छ। तर, यात्रामा सावधानी अपनाउनु पर्नेछ। प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन।
मकर : समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। अधिकार प्राप्तिका लागि आफ्नै समूहमा संघर्ष गर्नु पर्ला। विपरीत वर्गबाट भने सहयोग मिल्नेछ। राजनीतिक क्षेत्र सन्तोषजनक रहनेछ।
कुम्भ : आँटेको र ताकेको कार्य पूरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक कामको दायित्त्व बढ्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
मीन : सफल यात्राको योग छ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
प्रकाशित समय ०७:५२ बजे













