गृहपृष्ठ काठमाडौं उपत्यकामा फेरी थपियो निषेधाज्ञा, कहिले सम्म हुने छ कायम ?
काठमाडौं उपत्यकामा फेरी थपियो निषेधाज्ञा, कहिले सम्म हुने छ कायम ?
कोरोना भाइरसले देशमा आक्रान्त बनाएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलपछि थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको हो । यस विषयमा आज बस्ने बैठकले औपचारिक निर्णय हुने भएको हो।
उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो। सोहि सिफारिस बमोजिम प्रमुख जिल्ला अधिकारीहरुले थप ७ दिन निषेधाज्ञा थप्ने निर्णय लिएका छन्।
यद्यपी यस विषयमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु आधिकारीक रुपमा बोलेका छैनन् । विज्ञप्ति नै सार्वजनिक हुन्छ, हामी त्यसकै तयारीमा छौ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।
७ दिन निषेधाज्ञा थपिएसँगै काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म अत्यावाश्यक बाहेकका सबै क्षेत्र ठप्प हुने भएका छन् । नाकामा अझ कडाइ गर्ने बैठकले निर्णय गरेको छ ।
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण ह्वात्तै बढेसँगै रोकथामका लागि भदौ ३ गते राति १२ बजेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो ।
प्रकाशित समय ०९:३८ बजे










