गृहपृष्ठ डा. भोला रिजाल दम्पतिलाई कोरोना, ह्याम्स अस्पतालमा भर्ना
डा. भोला रिजाल दम्पतिलाई कोरोना, ह्याम्स अस्पतालमा भर्ना
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित पत्नी डा. सरला घिमिरेलाई कोरोना पुष्टि भएको हो ।
दुवैलाई संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन् । शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा. रिजालले बताए ।
‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौँ’ उनले भने । सुरुको दिनमा हल्का ज्वरो आए पनि हाल कुनै लक्षण नदेखिएको डा. रिजालले बताएका छन् ।
प्रकाशित समय २१:०२ बजे














