DG Creation

गृहपृष्ठ ओलम्पिकको सपनामा दिक्षा दाहाल

ओलम्पिकको सपनामा दिक्षा दाहाल

Diksxya dahal -candles khabar

तपाईको हातमा परिवारको साथ निरन्तर मिल्नु नै सफलताको एक सुचक हो दिक्षा दाहालको बुझाईमा टेवल टेनिस सानो ठाउॅंमा खेल्न सकिने खेल हो।

पछिल्लो क्रममा यसले ओगट्ने स्थान भन्दा विपरित यसले समर्थकहरु पाएको देख्दा धरान घर भएकी दाहाल साह्रै खुसि छिन्।

२०५९ पुस ८ मा जन्मिएकि दिक्षाको चाहना सानै देखि टेबल टेनिस खेल्ने नै थियो। सुरु सुरुको समयमा अरुले सिकेको हेरेर उनले केहि सिकेको बताईन् ।

“ विद्यालयको सुरु सुरुमा अरुले नै सिकेको हेरे र अलि पछि नियमित रुपमा गुरु सॅंगै सिके” धेरै पटक नेपालको नम्बर १ बन्न सफल विनोद शाक्य उनका सुरुवात देखिका प्रशिक्षक हुन्।गएको नेपालमा नै सम्पन्न १३औॅं सागमा उनि सहभागी रहिनन्। नेपाल आर्मि क्लबमा आबद्ध दाहालको सपना ओलम्पिक सम्म पुग्ने छ।

खेलकै लागि उनि पाकिस्तान सम्म पुगेकि थिईन्।

पहिला साग त्यस पछि एसियाली गेम खेल्नु छ अनि ओलम्पिक खेल्नुछ। “भन्न जति नै सजिलो हुन्छ ओलम्पिक सम्मको यात्रा गर्न लामो र कठिन मेहनत आवश्यक पर्दछ त्यसका लागि म तयार छु” अल स्पोर्टस् नेपालसॅं कुरा गर्दै उनले बताईन् ।

जुनियरमा नेपाल नम्बर १ रहेकि दाहाल सिनियर रुपमा पनि नेपाल नम्बर १ बन्न चाहान्छिन्। मेहेनत गर्नेका लागि टेवल टेनिसमा राम्रो भविष्य रहेको बताउदै दाहाल भन्छिन् “हाम्रो टेवलटेनिस संघले कुन हदको जिम्वेवारी राख्छ र खेलाडिको मेहेनतले उस्को भविष्य तय गर्छ”।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation