DG Creation

गृहपृष्ठ लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

raman-nepal-candles khabar

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आजको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन)बाट अध्यक्ष पदको शपथ लिएका थिए ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषका तर्फबाट २०७५ फागुनदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation