DG Creation

गृहपृष्ठ जोरपाटीको नयाँबस्ती मा ६६ जनाले गरे रक्तदान

जोरपाटीको नयाँबस्ती मा ६६ जनाले गरे रक्तदान

Naya Basti Raktadan-candles khabar

देशमा रगतको आपूर्तिमा कमि भइरहेको बेला काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित नयाबस्ती युबा क्लब को प्रागंणमा बुधबार ६६ जनाले रक्तदान गरेका छन्।सो कार्यक्रम मा बागमती प्रदेश सचेतक एबम काठमाडौं छेत्र नं ३ प्रदेश सभा सद्स्य छिरिङ्ग दोर्जे लामा ,गो नं पा ५ का अध्यक्ष नारायण सुवेदी ,६ का अध्यक्ष रमेश अर्याल लगायतका समाज का बुद्धिजीवी र समाजसेबी को उपस्थिति ले रक्तदान गर्ने लाई थप हौसला मिलेको थियोे ।

नयाँबस्ती युबा क्लब ,मानव अधिकार तथा शान्ति समाज र गोकर्णेश्वर स्वयंसेवक परिचालन समिती ले सो कार्यक्रम को संयुक्त आयोजना गरेको थियो भने कार्यक्रम बिहान ८ बजे बाट सुरु भएको थियोे ।

Naya Basti Raktadan-candles khabar

कोभिड –१९ का कारण भौतिक दूरी कायम गरेर आवश्यक सजगता अपनाइ रक्तदान को ब्यबस्था मिलाइएको र भोलिका दिन थप संकटपरे यस्ता सामाजिक कार्य लाई अगाडि बढाउने जानकारी क्लब का अध्यक्ष राम कुमार तामाङ ले जानकारी गराएका हुन्।
कार्यक्रममा शान्ती समाज का केन्द्रिय सभापति उत्तम पुडासैनी ले उपस्थित सबै लाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation