गृहपृष्ठ एकैदिन १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज
एकैदिन १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस ९कोभिड-१९० को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:५२ बजे















