गृहपृष्ठ गजल
गजल
दु:ख लाग्छ हाम्रो देशको कानुन देख्दा पनि
देख्दैनन् छोरी कोठीमा लगेर बेच्दा पनि ।।
सत्यलाई झुटो बनाउन लाग्छन् कम्मर कसेर
देख्दैन सरकार अपराध नीश्पक्ष लेख्दा पनि ।।
पैशाले आँखा बन्द गर्दै सत्यलाई लुकाउदा
दुस्ख लाग्छ आफ्नै भुमीमा खूट्टा टेक्दा पनि ।।
आँखा हूँदैनकी के हो ठुला बडा हरुको
दवाउँछन सत्य प्रमाणहरु भेट्दा पनि ।।
अन्याय अत्याचार कसोरी वणन गरूँ अब
हत्या , बलात्कार गर्छन् हात जोडी छेक्दा पनि ।।
प्रकाशित समय १०:३५ बजे















