DG Creation

गृहपृष्ठ खुमलटार छाड्दै प्रचण्ड, कहाँ सर्दैछन् ?

खुमलटार छाड्दै प्रचण्ड, कहाँ सर्दैछन् ?

Prachanda-candles khabar

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास सर्ने चर्चा चलेको छ ।

ललितपुको खमलटारमा बस्दै आएका अध्यक्ष प्रचण्ड निवासकै विषयलाई लिएर नयाँ निवासमा सर्ने स्रोतले बताएको छ ।

यसअघि काठमाडौंको लाजिम्पाटस्थित निवासमा बस्दै आएका प्रचण्ड एक मात्र छोरा प्रकाश दाहालको निधनपछि त्यहाँको बसाइ छाडेर हिँडेका थिए । त्यो घर पनि व्यापारी अजेयराज सुमार्गीले किनिदिएको चर्चा चलेको थियो ।

सोही कारण प्रचण्ड र सुमार्गीबीच हार्दिक सम्बन्ध रहेको बताइएको थियो । लाजिम्पाटबाट ललितपुरको खुमलटारमा अत्याधुनिक महल ठेकेदार शारदाप्रसाद अधिकारीको रहेको खुलेको छ ।

जुन घरमा धेरै समय प्रचण्डका छोरा प्रकाश कान्छी श्रीमती विना मगरसँगै बस्ने गर्थे । शैलुङ कन्सट्रक्सनका मालिक अधिकारीकै कारण आफ्नो राजनीति धुमिल बन्न थालेपछि प्रचण्डले खुमलटारबाट सर्ने संकेत गरेका छन् ।

आइतबार राति जनता टेलिभिजनमा दिएको अन्तर्वार्तामा प्रचण्डल आफूले नयाँ घर खोज्न थालेको रहस्य खोलेका हुन्। ठेकेदार अधिकारीका हरेक काममा प्रचण्ड मुछिँदै आएका छन्। तर ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डको दाबी छ।

अन्तर्वातामा प्रचण्डले अधिकारीले गर्ने कामबारे आफूलाई थाहा नहुने भन्दै भने, ‘मैले अर्को घर खोज्न थालेको छु। घरबेटीले के लिन्छन् के गर्छन मलाई थाहा छैन। यी बाटाका ठेक्का म त्यहाँ जानुभन्दा पहिले नै भएका हुन्।

मसँग गोरु बेचेको साइनो नै छैन। मल प्रकरणमा मैले कृषिमन्त्रीलाई मैले नै गल्ती गर्नेलाई कारबाही गर्नु भनेको छु।’ बुझिएअनुसार प्रचण्डलाई नयाँ घर खोज्ने काम बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले गरेका छन् ।

स्रोतका अनुसार उनै प्रसाइको घरमा सर्ने बुझिएको छ। उनको प्रचण्डसँग निकै राम्रो सम्बन्ध रहेको छ । प्रसाईको लगानीमा चाँडै न्युजपोर्टल आउने भएको बुझिएको छ ।

प्रकाशित समय १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation