DG Creation

गृहपृष्ठ ‘दलित भन्छ’

‘दलित भन्छ’

Dalit Bhanchh-ck

दलित हुँ म, खै त ! हामीलाई सम्मान शिक्षा
दिदैनौ किन भने जस्तो दीक्षा ।
हरेक जातजातिबाट हेपिएका छौं,
समाजमा पनि कुनाकुनामा चेपिएका छौं ।।

अरू सरह प्रतिष्पर्धा गर्न सक्ने शिक्षा चाहियो
तिरस्कार सहेर पनि खै कहाँ बाच्न पाहियो ।
सबै मान्छे एउटै हो भन्ने शिक्षा मात्र होइन
संगसंगै हातेमालो गरि अघि बड्ने व्यवहारमा छैन ।।

हामीलाई पनि आदर साथको शिक्षा देन सरकार
हाम्रो समुदायमा पनि ज्ञानको ज्योति बाल्देन सरकार ।
दलित भन्नेहरूको मुख शिक्षाद्वारा नै टाल्देन सरकार
समाजमा रहेको जातीय विभेदलाई जरैदेखि फालदेन सरकार।।

प्रकाशित समय २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation