DG Creation

गृहपृष्ठ अष्ट्रेलियाबाट २५५ नेपाली ल्याएर १८ बर्षपछि सिंगापुर एयर काठमाडौंमा

अष्ट्रेलियाबाट २५५ नेपाली ल्याएर १८ बर्षपछि सिंगापुर एयर काठमाडौंमा

singaporeairlines

अष्ट्रेलियामा रही ट्राभल व्यवसायमा संलग्न नेपालीहरुको संयुक्त पहलमा सिंगापुर एअरलाइन्स मार्फत दुई सय पचपन्न जना नेपाली स्वदेश फर्किएका छन् ।

यही सेप्टेम्बर १९ मा नेपाल आईपुगेका उनीहरु कोविड १९ को महामारीको कारण अष्ट्रेलियामै बस्न वाध्य बनेका थिए । उनीहरुलाई नेपाल फर्काउन ट्राभल व्यवसायी र अष्ट्रेलियास्थित नेपाली दुतावासले सक्रियता देखाएको थियो । उनीहरुलाई लिएर अठार वर्षपछी पहिलो पटक सिंगापुर एयरलाइन्सको चार्टर विमान नेपाल उत्रिएको थियो ।

उक्त चार्टर उडानबाट नेपाल फर्किने सबै यात्रुहरुले उडान अगाडी ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा ल्याएका थिए । उनीहरु काठमाडौं ओर्लिएपछि १४ दिन होम क्वारेन्टिनमा बस्ने एभरेस्ट ट्राभल्सका संचालक एर्साद अहमदले बताए ।

इकोनोमी तर्फको भाडा प्रतिव्यक्ति १७ सय ३५ अष्ट्रेलियन डलर तोकिएको थियो भने विजेनेस क्लासका लागि २ हजार ३८० डलर भाडा तोकिएको थियो । पहिलो आउने र जरुरी कामको आधारमा प्राथमिकता दिएर यात्रुहरुलाई सेवा दिएको डिलाईटेड ट्राभल्सका संचालक आशिषजंग थापाले बताए ।

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation