DG Creation

गृहपृष्ठ बाँकेमा ब्राउन सुगरसहित दुई पक्राउ

बाँकेमा ब्राउन सुगरसहित दुई पक्राउ

pakrau-Candles Khabar

जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ब्राउन सुगरसहित आज दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओम रानाका अनुसार १८ वर्षीय प्रदीप काँदु र पृथ्वीराज शुक्ला चार ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

भारतीय सीमावर्ती बजार रुपइडिहाबाट लागुपदार्थ ल्याउन लागेको भन्ने सुराकीका आधारमा तिनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित समय २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation