गृहपृष्ठ रामेछापमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
रामेछापमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दोरम्बाको सानो शैलुङ्गमा ट्र्याक्टर दुर्घटना हुँदा चालक दोरम्बा गाउँपालिका वडा नं ७ का २७ वर्षका पेमा लामा र ५५ वर्षका फुर्वा दोर्जे तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका हुन् ।
उनका अनुसार काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि छुटेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।
प्रकाशित समय ०८:४९ बजे















