DG Creation

गृहपृष्ठ सहकारी क्षेत्रको पच्चीसवर्षे रणनीतिक योजना हस्तान्तरण

सहकारी क्षेत्रको पच्चीसवर्षे रणनीतिक योजना हस्तान्तरण

sahakari-mantri padma aryal

उद्यमशीलता, विकास र रोजगारीलाई महत्व दिई राष्ट्रिय सहकारी विकास बोर्डले आफूले तयार गरेको सहकारी क्षेत्रको पच्चीसवर्षे रणनीतिक योजनाको मस्यौदा आज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई हस्तान्तरण गरेको छ ।

उक्त योजनाको मस्यौदा बुझ्दै बोर्डका अध्यक्ष मन्त्री अर्यालले सहकारी आन्दोलनको विस्तार, विकास र सुदृढीकरणका लागि रणनीतिक दस्तावेज निर्माण भएको र सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षसहित समग्र सहकारी क्षेत्रको विश्लेषण गरिएको बताए । संविधानले तीनखम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको जनाउँदै उनिले संविधानको कार्यान्वयनसँग जोडेर २५ वर्षे रणनीति तयार गरिएको उल्लेख गरिन्।

मन्त्री अर्यालले सङ्ख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेकाले तीनै तहका सरकारबीच समन्वय गरी सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र साझेदारी गरेर अगाडी बढ्नुपर्ने बताइन्। उक्त रणनीति मन्त्रालयका तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने जनाइएको छ ।
मन्त्री अर्यालले भनिन्, “रणनीतिका विषयमा केही प्रश्न पनि उठेका छन् । यसलाई हामी कार्यान्वयनमा लैजान कार्यनीति बनाउँछौ । कार्यनीति समयसापेक्ष बन्छ ।”

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीतिमा २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडि बढाउने भन्ने दृष्टिकोणको दस्तावेज भएको बताइन् । उक्त रणनीति सरकारले आवधिक योजना र वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने जनाउँदै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अघि बढाइने बताएकि हुन् ।

बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षभित्र कसरी अगाडि बढाउने भन्ने योजनासहित रणनीति तयार गरिएको जानकारी दिए ।

प्रकाशित समय २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation