DG Creation

गृहपृष्ठ कोभिड १९ को सङ्क्रमणका कारण यात्रा प्रतिबन्ध कायमै

कोभिड १९ को सङ्क्रमणका कारण यात्रा प्रतिबन्ध कायमै

साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ ।

कोभिड १९ को सङ्क्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको थियो ।

उक्त यात्रा प्रतिबन्ध निर्देशिकामा हालका लागि लगाइएको र त्यसलाई निरन्तरता दिइएको छ । तर त्यो प्रतिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको छैन । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरवका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।

तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन । पछिल्लो समयमा त्यहाँ कोभिडका सङ्क्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ ।

साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितहरु रहेका बताइएको छ । यहाँ पछिल्ला दिनहरुमा पनि ठूलो संख्यामा सङ्ंक्रमितहरु देखिन थालेका छन् ।

प्रकाशित समय २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation