गृहपृष्ठ कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटी अस्पतालमा उपचार हुँदै
कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटी अस्पतालमा उपचार हुँदै
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौं ल्याइएको हो । सिरोहियालाई ल्याएको हेलिकोप्टर सीधै मेडिसिटी लगिएको थियो ।
कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानका अनुसार सिरोहियाको उपचार मेडिसिटीमै हुनेछ । कान्तिपुर मिडियाका कानुन विज्ञ किशोर पौडेलका अनुसार सिरोहियाको छाती अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं लैजान चिकित्सकले सिफारिस गरेका थिए ।
नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि जनकपुर लगिएको थियो ।
प्रकाशित समय १६:०० बजे















