गृहपृष्ठ राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने
राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने
Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS
राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषदले ३१ जेठदेखि हुने उनको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार ३१ जेठमा राष्ट्रपति पौडेल स्वीटजरल्याण्डको जेनेभा जानेछन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिनेछन् । त्यसपछि राष्ट्रपति पौडेल जर्मनी भ्रमणमा पनि जानेछन् ।
प्रकाशित समय १९:५४ बजे















