DG Creation

गृहपृष्ठ ‘प्रचण्ड’ नेतृत्वको सरकार चाडै ढल्ने उपेन्द्र यादवको दाबी

‘प्रचण्ड’ नेतृत्वको सरकार चाडै ढल्ने उपेन्द्र यादवको दाबी

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको वर्तमान सरकार चाडै ढल्ने दाबी गरेका छन्।

सत्ताधारी पार्टीका प्रमुख घटन एमालेलाई समेत बेमानी गरी बजेट ल्याएकाले अब यो सरकार दुई चार दिन समेत नचल्ने अध्यक्ष यादवले दाबी गरे। जसपा नेपाल कपिलवस्तुले तौलिहवामा राखेका पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन्।

अहिलेको बजेटको विषयमा ओलीले समेत असन्तुष्टि पोख्नुले पनि यो सरकारका आयु धेरै नभएको सङ्केत देखिएको उनको तर्क छ। ‘अहिलेको बजेट माओवादीले एकलौटी ढङ्गले ल्याएको छ, त्यसैले अब यो सरकार चाडै धराशायी हुन्छ’ उनले भने। आफ्नो पार्टीलाई दाहालले सरकार बचाउने नाममा फुटाएको यादवले आरोप लगाए।

अहिले माओवादी पार्टी समेत फुट्ने चर्चा चलेको भन्दै उनले सिसाको घर भएकाले अरूको घरमा पत्थर हानेकोले यसको परिणाम चाडै आउने उनले बताए। ‘अहिलेको बजेट पपुलिस्ट बजेट हो, माओवादीले एक्लै ल्याएको हो यसले तस्कर र धनीलाई मात्र पोस्ने काम गर्छ’ उनले भने। बजेटले विदेशी रिन झनै बढदै गएको र गरिबी झनै बढाउँदै गएको बताए।

प्रकाशित समय २२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation