DG Creation

गृहपृष्ठ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत

मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डको आगामी शनिबारदेखि दुई दिन हुने भ्रमण स्वीकृत गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रचण्ड भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकालको शपथ ग्रहण समारोहका लागि भारत जान लागेका हुन्।

प्रकाशित समय १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation