DG Creation

गृहपृष्ठ नयाँ प्रधानमन्त्रीको नियुक्ति ‘राष्ट्रपतिको तजबिजमा निर्भर ?’

नयाँ प्रधानमन्त्रीको नियुक्ति ‘राष्ट्रपतिको तजबिजमा निर्भर ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधिसभाको विश्वास परीक्षण गर्ने भन्ने विषयले अनेक अडकलबाजी उत्पन्न गरिदिएका बेला उनको दलभित्रै अन्योल देखा परेको छ।

नयाँ सरकार बनाउन नेपाली कांग्रेस र नेकपा एमालेले सहमति गरेसँगै उनीहरूले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड भने सङ्घीय संसद् सचिवालयलाई विश्वासको मत लिने पत्र पठाउने तयारीमा छन्।

विगतमा अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्मा समय लिए पनि सम्बोधन गरेर राजीनामा दिएका उदाहरणहरू पनि छन्।

प्रचण्डले पनि त्यसो गर्नसक्ने सम्भावनाबारे नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने, “हामी परामर्शमै छौँ, प्रधानमन्त्रीले चिन्तन मनन गर्दै हुनुहुन्छ।”

प्रकाशित समय २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation