DG Creation

गृहपृष्ठ तीनकुनेको घरमा लागेको आगो निभाउने क्रममा पुगेको दमकलमाथि समेत ढुंगामुढा

तीनकुनेको घरमा लागेको आगो निभाउने क्रममा पुगेको दमकलमाथि समेत ढुंगामुढा

राजधानीको तीनकुनेस्थित एक घरमा लागेको आगलागी निभाउने क्रममा समेत राजावादी प्रदर्शनकारी दमकलमाथि ढुंगामुढामा उत्रिएका छन् ।

राजावादीको प्रदर्शनकै बीच तिनकुनेस्थित एक घरमा एकाएक आगलागी भएको थियो । आगजनी प्रदर्शनकारीले गरेका हुन् या आफैँ आगलागी भएको हो भन्नेबारे खुलिसकेको छैन ।

यद्यपि उक्त आगलागी निभाउन दमकल पुग्दा ढुंगामुढा भएको हो । राजावादीहरुले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकै क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप सुरु भएको थियो । झपड उग्र बन्दै गर्दा प्रहरीले गोली समेत चलाएको छ ।

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation