DG Creation

गृहपृष्ठ प्रचण्डको चुनौती : इँटको जवाफ पत्थरले दिन्छाैं, १० लाख ल्याए एक करोड ल्याउँछाैँ

प्रचण्डको चुनौती : इँटको जवाफ पत्थरले दिन्छाैं, १० लाख ल्याए एक करोड ल्याउँछाैँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीलाई इँटको जवाफ पत्थरले दिने चेतावनी दिएका छन् ।

उनले दलाल व्यवस्था अन्त्यका निम्ति नागरिक लागिरहेका बेला समान्तवादीलाई टाउको नउठाउन सुझाव दिँदै त्यसो गरे इँटको जवाफ पत्थरले दिने बताएका हुन् ।

“उनीहरूले १० हजार निकाले हामी एक लाख, उनीहरूले एक लाख (जनता) निकाले हामी १० लाख निकाल्छौँ,” थप चेतावनी दिँदै उनले भने, “तिमीले १० लाख ल्याउँछौँ भने एक करोड निकालेर देखाउँछौँ ।”

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation