DG Creation

गृहपृष्ठ जेठको अन्तिमदेखि ग्वार्काे फ्लाइओभरमा सवारी सञ्चालन खुल्ला गरिने

जेठको अन्तिमदेखि ग्वार्काे फ्लाइओभरमा सवारी सञ्चालन खुल्ला गरिने

जेठको अन्तिमदेखि ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने भएका छन् । जेठको अन्तिमसम्म सबैै काम सम्पन्न गरेर फ्लाइओभरमा गाडी सञ्चालन हुने छन् । प्राविधिक समस्याका कारण तोकिएको समयमा नै काम सम्पन्न हुन नसकेको फ्लाइओभर अब निर्माण समयमा नै सम्पन्न हुने बताइएको छ ।

फ्लाइओभर सञ्चालन भएपछि सो क्षेत्रको जाम अन्त्य हुने आशा गरिएको छ । अहिले फ्लाइओभरको बीचमा माटो भरेर एकातीर कालोपत्रे भइसकेको छ भने अर्को तर्फपछि कालोपत्रे गर्ने तयारी भइरहेको छ । कालोपत्रे गर्ने काम सम्पन्न गरेपछि सवारी आवागमन खुल्ला गरिने भएको छ ।

सडक विभागले इपिसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो । समयमा नै निर्माण सम्पन्न नभएपछि पटक–पटक थप गरेर दिएको अन्तिम म्याद गत पुष ८ गते नै सकिसकेको छ । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै आएको छ ।

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation