गृहपृष्ठ गाउँपालिकाको सुविधा अब काठमाण्डौंमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण शिविर संचालन
गाउँपालिकाको सुविधा अब काठमाण्डौंमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण शिविर संचालन
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. १० ले आफ्ना नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा विशेष शिविर संचालन गरेको छ ।
गाउँपालिकामा स्थायी ठेगाना भई बिभिन्न कारणबस काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरुलाई लक्षित गर्दै वडा कार्यालयले यहि भदौ २ र ३ गते बिहान १० बजेदेखि काठमाडौंस्थित जडिबुटीमा रहेको पूर्व अरनिको बसपार्क बाट शिविर सञ्चालन गरिएको वडा अध्यक्ष रोहित प्रसाद ढुङ्गेलले जानकारी दिए।
वडा अध्यक्ष रोहित प्रसाद ढुङ्गेलका अनुसार नागरिकलाई गाउँमै सेवा उपलब्ध गराएर काठमाडौँ वा अन्य ठाउँ धाउनुपर्ने बाध्यता हटाउने प्रयास स्वरूप यो शिविर सञ्चालन गर्न लागिएको हो। उनले नागरिकलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई आवश्यक सेवा लिन आग्रह समेत गरेका छन्।
शिविरमार्फत सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरणका साथै नागरिकलाई आवश्यक पर्ने जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ दर्ता लगायतका सेवा उपलब्ध गराइनेछ।
शिविरमा संघिय माननिय रामहरि खतिवडा, गाँउपालिका अध्यक्ष नवराज केसी, वडा अध्यक्ष रोहित प्रसाद ढुङ्गेल लगाएत अन्य वडाका अध्यक्षहरुको उपस्थितिमा शिविर संचालन भएको हो ।

दलित बालबालिका, पूर्ण अपाङ्गता भएका नागरिक तथा १० वर्ष नपुगेका बालबालिकाका हकमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरिएको छ। यस्ता व्यक्तिका लागि अभिभावक वा पालकले आवश्यक प्रमाणसहित निवेदन दिन सक्ने प्रावधान गरिएको छ।
यस शिविरका क्रममा सम्पूर्ण दर्ता प्रक्रिया छरितो र सहज हुने वडा कार्यालयले विश्वास लिएको छ।
प्रकाशित समय १६:५७ बजे















