गृहपृष्ठ हेर्नुस : यस्ता छन् ६५ सपनाको राम्रो र नराम्रो फल
हेर्नुस : यस्ता छन् ६५ सपनाको राम्रो र नराम्रो फल
रातको समयमा निदाएको बेलामा मानिसहरुले सपना देख्ने गर्दछन् । सपनामा राम्रो पनि नराम्रो पनि देखिन्छ । कहिले उडेको, कहिले पौडिएको त कहिले कुकुर, विरालो, भैसी, गाई, सर्प आदी मानिसहरुले सपनामा देख्ने गरेको बताउँछन् । कोहीले आगो बलेको, चिता जलेको, मरेको लाश, लास बोकेको, रगतको खोला बगेको, मान्छे मारेको, यौन सम्पर्क गरेको आदी सपनामा देख्ने गरेको बताउँछन् ।
हरेक सपनामा देखेका कुराहरु राम्रा र नराम्रा के हुन हामीलाई थाहा हुँदैन तर बास्तु शास्त्र अनुसार तिनिहरुको प्रभाव भने अवश्य हुने गरेको छ । बास्तु शास्त्र अनुसार सपनामा देखेका कुराहरुको असर मानिसहरुको जीवनमा पर्ने गरेका पनि छन् त्यसैले कुन सपना राम्रो र कुन नराम्रो भन्नेबारेमा हामीले तपाईहरुलाई जानकारी दिनको लागि यो भिडियो तयार पारेका हौं ।
हरेक व्यक्तिको सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।
१. अनार खाएको देखेमा …… धन र सन्तानको प्राप्ति ।
२. अलि अलि बादल देखे …… रोगबाट लाभ ।
३. ऊँट देखेमा …… अपार धन प्राप्ति हुनु ।
४. आकाश देखेमा …… ऐश्वर्य वृध्दि, सन्तान हुनु ।
५. आगो उठाएको देखेमा …… अवैध धन प्राप्ति ।
६. आगो बालेर समातेमा …… कष्ट हुनु, व्यर्थ व्यय हुनु ।
७. ओढ्ने कम्बल देखेमा …… बदनाम हुनु ।
८. औंठी लगाएको देखेमा …… धनलाभ र प्रशन्नता ।
९. कलम देखेमा …… महान व्यक्तिसँग भेट हुनु ।
१०. कपाल देखेमा …… धनलाभ हुनु ।
११. कपास देखेमा …… रोगबाट मुक्त हुनु ।
१२. कपाल काटेको देखेमा …… ऋणबाट मुक्त, स्त्री(पुत्र हुनु ।
१३. किला ठोकेको देखेमा ……बुढो मान्छेबाट लाभ ।
१४. कोईला देखेमा ……व्यर्थमा झगडा हुनु ।
१५. कुवामा नुहाएको देखेमा ……सन्यासी बन्नु ।
१६. कुवाको पानी देखेमा ……विविध लाभ र बिजय ।
१७. कैची देखेमा ……झगडा र विवाद बढ्नु ।
१८. घर बनाएको देखेमा ……प्रसिद्धि प्राप्त गर्नु ।
१९. घाम लागेको देखेमा ……पदोन्नति वा लाभ हुनु
२०. घाँसको मैदान देखेमा ……धेरै धन एकत्र गर्नु ।
२१. घोडा देखेमा ……संकट नाश हुनु ।
२२. घोडा चढेको देखेमा ……ठूलो पद पाउनु ।
२३. चश्मा लगाएको देखेमा ……विध्दता बढ्नु ।
२४. जंगल देखेमा ……दुस्ख नाश र बिजय ।
२५. जहाज देखेमा ……परिशानी हट्नु र व्यय ।
२६. चाँदि देखेमा वा पाएमा ……धन र अहंकार बृध्दि ।
२७. झरना देखेमा …… दुस्ख दुर हुनु ।
२८. टोपी देखेमा ……दुस्ख नाश भएर, उन्नति हुनु ।
२९. ठूलो पर्खाल देखेमा ……सम्मान बढ्नु ।
३०. डोरी देखेमा ……यात्रामा कठिनायी र झन्झट हुनु ।
३१. ढोका देखेमा ……ठूलाबडासँग मित्रता हुनु ।
३२. ढोका बन्द देखेमा ……परेशानी र चिन्ता हुनु ।
३३. दलदल देखेमा ……सन्तान प्राप्ति हुनु ।
३४. दाँत भाँचिएको देखेमा ……दुस्ख र झन्झट हुनु ।
३५. दाँत माझेको देखेमा ……पापको प्रायश्चित हुनु ।
३६. धनुष तानेको देखेमा ……लाभप्रद यात्रा हुनु ।
३७. पर्वत चढेको देखेमा ……पदोन्नति वा प्रसिध्द हुनु ।
३८. पत्र पढेको देखेमा ……शुभ समाचार, परिश्रम ।
३९. प्रकाश देखेमा ……उच्चकोटीको साधु बन्ने ।
४०. पानी पिएको देखेमा ……राज्यबाट लाभ ।
४१. फलाम देखेमा ……कुनै धनवानद्वारा लाभ ।
४२. बजार देखेमा ……दरिद्रताको नाश हुनु ।
४३. बलेको दियो देखेमा ……आयु बृध्दि हुनु ।
४४. बहर वा गाई देखेमा ……मोटो लाभ, दुब्लो दुस्ख ।
४५. बादल देखेमा ……विरक्ती र परिशानी बढ्नु ।
४६. बिरालो देखेमा ……चोरी हुनु, शत्रु बढ्नु ।
४७. भर्याङ देखेमा ……सुखसम्पत्ति बढ्नु ।
४८. भूकम्प देखेमा …… सन्तानलाई कष्ट र दुस्ख ।
४९. मरेको मान्छेसँग कुरा गरेमा ……मनोकांक्षा पूरा हुनु ।
५०. मरेको मान्छेले बोलाएमा ……विपत्ति आउनु ।
५१. मुर्दा देखेमा ……रोगबाट मुक्ति पाउनु ।
५२. रत्न या मणि देखेमा ……दुस्ख बढ्नु, अपव्यय हुनु ।
५३. रातो फूल देखेमा ……पुत्रबाट सुख र भाग्योदय ।
५४. रोटी खाएको देखेमा ……पदोन्नति र घन बढ्नु ।
५५. लठ्ठी देखेमा ……ठूलो नाम हुनु ।
५६. वर्षा देखेमा ……सुख र प्रशन्नता प्राप्त हुनु ।
५७. सुकेको बगैचा देखेमा ……विपत्तिमा फस्नु ।
५८. सुख्खा अन्न खाएमा ……कष्ट र व्यर्थ परिशानी हुनु ।
५९. सुगन्ध लगाएको देखेमा ……विद्वान र पण्डित हुनु ।
६०. सुपारी खाएको देखेमा ……रोगबाट मुक्ति पाउनु ।
६१. सुराही देखेमा ……आवारासँग संगत हुनु ।
६२. सेतो फूल देखेमा ……दुस्खबाट छुट्कारा पाउनु ।
६३. सिंहासन देखेमा ……धेरै सुख पाउनु ।
६४. हरियो बगैचा देखेमा ……पदोन्नति र लाभ हुनु ।
६५. ओच्छयान लगाएको देखेमा …… दीर्घायु र सुख वृध्दि ।
प्रकाशित समय २१:०४ बजे















