गृहपृष्ठ काँग्रेसको कोभिड–१९ अनुगमन समितिद्वारा गभर्नरसँग भेट
काँग्रेसको कोभिड–१९ अनुगमन समितिद्वारा गभर्नरसँग भेट
नेपाली काँग्रेस ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरेको छ । भेटमा कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेसागत समूह, उद्योगी÷व्यवसायीहरुसँग समितिले गरेको छलफलपछि प्राप्त सुझाव बजेटले सम्बोधन गर्न नसकेको हुँदा आगामी मौद्रिक नीतिमार्फत प्रभावित क्षेत्रहरुलाई सम्बोधन गर्न सुझाव दिइएको छ ।
राष्ट्र बैंकले तय गर्ने ब्याजदर र सुविधाहरु बैंकमार्फत लगानीकर्तासम्म पु¥याउनुपर्ने र यसले रोजगारीलाई जोगाउँदै अर्थतन्त्रलाई चलायमान गराउन सकिने संयोजक डा महतले बताउनुभएको समितिका सदस्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
यस असाधारण अवस्थामा यातायात, पर्यटन, शिक्षा, उद्योगलगायत रोजगारी सिर्जना गर्ने क्षेत्रहरु अनुकूल मौद्रिक नीति ल्याएमा कोभिड–१९ ले पारेको प्रभावलाई क्रमशः न्यूनीकरण गर्दै जान सकिने बारेमा डा महतले धारणा व्यक्त गरेका छन् । प्रतिनिधिमण्डलमा काँग्रेस केन्द्रीय सदस्य एवं समितिका सदस्यद्वय एनपी साउद र डा चन्द्र भण्डारी, समितिका सदस्यहरु राजीवविक्रम शाह, नैनसिंह महर, डा पोषराज पाण्डे र डा. प्रभु बुढाथोकी सहभागी थिए ।
प्रकाशित समय २१:४० बजे















