गृहपृष्ठ भाग्ने तयारीमा थिए छवि, प्रहरीको उच्च निगरानीमा रवि
भाग्ने तयारीमा थिए छवि, प्रहरीको उच्च निगरानीमा रवि
गृहमन्त्री रमेश लेखकले सहकारी ठगीका आरोपितमाथि कारबाही अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ।
प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि मात्रै सहकारी छानबिन समितिले कारबाही गर्न भनेका व्यक्तिलाई नियन्त्रणमा लिने तयारी गरेको भए पनि छविलाल जोशी भने भाग्न लागेको सूचना पाएपछि तत्काल पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो।
‘छविलाल जोशीलाई पनि अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि मात्रै पक्राउ गर्ने भन्ने हाम्रो तयारी थियो। तर उनी भाग्न लागेको सूचनापछि तत्काल पक्राउ गरिएको हो। उनीहरूमाथि केही दिनअघिबाटै निगरानी बढाइएको थियो’, प्रहरी स्रोतले भन्यो, ‘अब अदालतबाट अनुमति लिइसकेपछि अरू पनि पक्राउ पर्छन्।’
स्रोतका अनुसार, पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतबाट अनुमति लिएर पक्राउ गर्ने प्रहरीको तयारी छ।
‘उनी पूर्वगृहमन्त्री मात्रै होइनन्, बहालवाला सांसद पनि हुन्। भागी जाने सम्भावना छैन। उसलाई पक्राउ गर्न हतारिनुपर्ने अवस्था छैन।यही परिस्थितिमा अदालतको पक्राउ पूर्जी नआई रवि पक्राउ पर्दैनन्। बीचमै परिस्स्थिति बदलिए त प्रहरीले जरुरी पक्राउ पूर्जी दिएर जुनसुकै बेला पक्राउ गर्न सक्छ’, स्रोतले भन्यो।
प्रकाशित समय २०:०० बजे















