गृहपृष्ठ अन्तत्त चुके प्रकाश सुवेदी उनले भने –‘गल्ती भएकै हो’
अन्तत्त चुके प्रकाश सुवेदी उनले भने –‘गल्ती भएकै हो’
संचारकर्मी प्रकाश सुवेदीले आफूले बोलेको शब्द कसैप्रति लक्षित नभएको भन्दै माफी मागेका छन् । टेलिभिजनमा उनले ‘दारा भएकाहरुलाई मिलाई मिलाई महानायिका’ बनाइदिनुपर्ने भन्दै बोलेपछि चर्को आलोचना भएको थियो । राष्ट्रिय टेलिभिजनमा प्रकाशले बोलेको शब्दले आफूलाई ह्यारेसमेन्ट भएको भन्दै नायिका पूजा शर्माले विभिन्न निकायमा उजुरी दिएकी थिइन् ।
विभिन्न निकायमा उजुरी परेको दिन नै प्रकाशले माफी मागेका हुन् । उनले भने–‘मेरो भनाई कुनै व्यक्ति विशेषप्रति लक्षित थिएनन्, मेरो भन्ने शैली फरक भयो होला । अर्थको अनर्थ लाग्यो होला । दारा भन्ने शब्द फुत्किन हुदैनथ्यो । भविष्यमा शब्द चयन गर्दा ध्यान दिनेछु । चलचित्र क्षेत्र मेरो परिवार हो । चलचित्र क्षेत्र छ र त म छु, चलचित्रकर्मी छन् र त मैले कार्यक्रम चलाउन पाएको छु ।’
प्रकाशले अगाडि भने–‘एकपटकले पुग्दैन भने सय पटक, सय पटकले पुग्दैन भने हजार पटक र हजार पटकले पुग्दैन भने लाख पटक माफी माग्छु ।’
उनले आफू चुकेको भन्दै चलचित्रकर्मीहरुसँग गफगाफका क्रममा यस्ता भाषा बढी प्रयोग हुने भएकाले पनि आफूलाई बानी परेको बताए । प्रकाशले आफूले यो शब्द प्रयोग गरेपछि पाएको प्रतिक्रियाले गम्भिर बनाएको पनि बताएका छन् ।
प्रकाशित समय ११:२९ बजे















