गृहपृष्ठ फेसन रनवेमा यस्ता देखिए मोडल
फेसन रनवेमा यस्ता देखिए मोडल
फेसन नेटवर्क नेपालको आयोजनामा शुक्रबारदेखि सुरू भएको ‘नेपाल फेसन फेस्टिभल’ आज साँझ समापन हुँदैछ। यो फेस्टिभलको दोस्रो दिन शनिबार झण्डै दुई हजार भन्दा धेरैले अवलोकन गरे।
नेपाल फेसन फेस्टिभलको अन्तिम दिन आज साँझ ६ बजेदेखि डिजाइनर रनवे आयोजना हुँदैछ। आज हुने फेसन शोमा मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स (मेहाका पहिरन), जुजु-करुणाका पहिरनहरु प्रदर्शन गरिने रनवे फेसनका निर्देशक तथा संयोजक प्रशान्त ताम्राकारले जानकारी दिए।
नेपाल फेसन फेस्टिभल अन्तर्गत शनिबार विभिन्न गतिविधिहरु सञ्चालन भएका थिए। शनिबार दिउँसो १ बजेदेखि एएलसीले पर्सनालिटी ट्रेनिङ सञ्चालन गरेको थियो।
फोटो टक सेसनमा वरिष्ट फोटोग्राफरहरु राजभाइ सुवाल तथा राजु भण्डारीले फोटोग्राफी सम्बन्धि अनुभवहरु साटासाट गरे। शनिबार ‘डाइभर्सिटी एण्ड इन्क्लुजन इन द फेसन इन्ड्रष्ट्रिजः रिप्रजेन्टेशन म्याटर्स’ शीर्षकको यो प्यानल डिस्कनसमेत भएको थियो।
प्रकाशित समय १४:१० बजे














