DG Creation

गृहपृष्ठ म्यानचेष्टर सिटीका महारेज र लापोर्टेलाई कोरोना संक्रमण

म्यानचेष्टर सिटीका महारेज र लापोर्टेलाई कोरोना संक्रमण

प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका खेलाडीद्वय रियाद महारेज र एमेरिक लापोर्टलाई कोरोना संक्रमण भएको छ । विंगर महारेज र डिफेण्डर लापोर्टेलाई कोरोना पोजेटिभ देखिएको सिटीले पुष्टि गरेको छ ।

२९ वर्षीय अल्जेरियन खेलाडी महारेज र २४ वर्षीय फ्रेन्च खेलाडी लापोर्टे अब बेलायर सरकार र प्रिमियर लिगको नियमअनुसार सेल्फ आइसोलेसनमा बस्नेछन् र टिमसँग ट्रेनिङ गर्ने छैनन् ।

सिटिले दुवै खेलाडीमा कोरोना कुनै लक्षण नदेखिएको जनाएको छ । पेप ग्वार्डिओलाको सिटीले प्रिमियर लिगको नयाँ सिजन अन्तर्गत पहिलो खेल वल्भ्ससँग सेप्टेम्बर २१ मा खेल्नेछ ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation