गृहपृष्ठ केपी ओली बालकोटबाट मध्यराति शीतल निवासमा
केपी ओली बालकोटबाट मध्यराति शीतल निवासमा
दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
दुई दलको मात्रै सरकार बनाउने दिशामा अघि बढेका ओली राष्टपति रामचन्द्र पौडेलसँग परामर्शका लागि पुगेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अस्वस्थ छन् ।
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा दुई दलले करिब सहमति जुटाइसकेका छन् । राष्टपतिसँग आवश्यक परामर्शपछि मंगलबार नै नयाँ सरकारका लागि ठोस निर्णय लिइने भएको छ ।
नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्न शीतल निवास पुगेको बताइएको छ। नयाँ सरकार गठनका लागि बिहानसम्म हस्ताक्षर हुने नेताहरूको दाबी छ ।
तर काङ्ग्रेस सभापति शेरबहादुर देउबा भने बिरामी भएका कारण बूढानीलकण्ठमै छन् । आफू बिरामी भएका कारण उनले ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकसहितका नेतालाई खटाएका छन्।
प्रकाशित समय ००:२० बजे















