DG Creation

गृहपृष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित

Laxmi Rai antarastriya sahitya samaj-candles khabar

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई ‘लारा’ निर्वाचित भएकी छिन् ।

समाजको उपाध्यक्षमा राज श्रेष्ठ, महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङ निर्वाचित भइन् ।

यस्तै, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित भएकी छिन् ।

कोभिड–१९ को कारण अनेसास बेलायतले ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन आइतबार सम्पन्न गरेको हो ।

कार्यक्रमको दोस्रो चरणमा गरिएको कविता वाचनमा कवि भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी गुरुङ, डा। रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ, सचिन गुरुङ लगायतले भाग लिएका थिए ।

प्रकाशित समय १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation