गृहपृष्ठ जोर्डनका नरेशद्वारा प्रधानमन्त्री रज्जाजको राजीनामा स्वीकृत
जोर्डनका नरेशद्वारा प्रधानमन्त्री रज्जाजको राजीनामा स्वीकृत
जोर्डनका राजा अब्दुल्ला द्वितीयले शनिबार प्रधानमन्त्री ओमर रज्जाजको राजीनामा स्वीकृत गरेका छन्। यद्यपि नयाँ मन्त्रिपरिषद गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा सेवा गर्ने जिम्मेवारी भने उनले रज्जाजलाई नै दिएका छन् ।
जोर्डनी राजाले प्रधानमन्त्री रज्जाजलाई एउटा पत्रमार्फत् राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन् । विशेष गरी राज्यका संस्थाहरूमा एकीकृत प्रयासको माध्यमबाट कोभिड–१९ महामारी नियन्त्रणका उपाय अवलम्वन योजना र कार्यक्रमका लागि राजा अब्दुल्लाले सरकारको प्रशंसा गर्नु भएको ‘रोयल हासेमाइट कोर्ट’ ले जारी गरेको विज्ञप्ति जनाएको छ ।
“जोर्डनले विश्वसँगको समन्वयमा महामारीले थपेका मानवीय र आर्थिक समस्याहरूको सामना गर्न काम ग¥यो । नागरिकहरूको स्वास्थ्य र कल्याण नै अन्तिम लक्ष्य थियो र सबै कदम र उपायमार्फत् नागरिकको स्वास्थ्यमा लागि हाम्रो ध्यान केन्द्रित छ,” पत्रमा भनिएको छ ।
“योजना र कार्यक्रम तय गर्ने र प्राथमिकताहरू कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रयासका बाबजुद कोभिड–१९ नियन्त्रणका क्रममा देखिएका कमजोरीलाई दिनप्रतिदिन सुधार गर्नु आजको आवश्यकता हुनेछ,” पत्रमा भनिएको छ ।
राजीनामा पत्रमा प्रधानमन्त्री रज्जाजले आफ्नोे सरकार कठिन समयमा पनि जनता र राष्ट्रको हितमा कामगर्न सफल भएको तर काम गर्ने शिलशिलामा गल्ती पनि भएका भए यसको जिम्मेवारी लिँदै पदबाट हट्ने बताएका थिए । रज्जाजले कोभिड–१९ले उनको मन्त्रीपरिषद्को २०२० प्राथमिकतामा असर पारेको तर यो सवै जनस्वास्थ्यको रक्षा जनताको हितमा भएको राजिनामा पत्रमा उल्लेख गरेका थिए ।
प्रकाशित समय २१:५७ बजे















