DG Creation

गृहपृष्ठ पपुवा न्युगिनीमा पहिरो : २ हजारभन्दा बढी मानिस पुरिएको आशंका

पपुवा न्युगिनीमा पहिरो : २ हजारभन्दा बढी मानिस पुरिएको आशंका

bhirkharka-pahiro-candles khabar

पपुवा न्युगिनीमा शुक्रबार गएको पहिरोमा हजारौँ मानिस पुरिएको आशंका गरिएको छ।

राष्ट्रिय प्रकोप केन्द्रका कार्यकारी निर्देशकले शुक्रबार गएको पहिरोमा दुई हजारभन्दा बढी मानिस भग्नावशेषमा पुरिएको आशंका गरेका छन्।

आइतबार संयुक्त राष्ट्रसंघले भग्नावशेषमुनि ६७० जना पुरिएको हुन सक्ने आशंका व्यक्त गरेको थियो।

राष्ट्रिय प्रकोप केन्द्रका कार्यकारी निर्देशकले राहत र उद्धार टोलीले निरन्तर काम गरिरहेको बताएका छन्।

बीबीसीका अनुसार पपुवा न्युगिनीको क्षेत्रमा पहिरो गएको क्षेत्रमा झन्डै ३८ सय मानिस बसोबास गर्थे।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation