गृहपृष्ठ निर्वाचनको परिणाम स्वीकार्दै कांग्रेस अध्यक्ष खड्गेले भने– जनताले मोदीविरुद्ध मतदान गरे
निर्वाचनको परिणाम स्वीकार्दै कांग्रेस अध्यक्ष खड्गेले भने– जनताले मोदीविरुद्ध मतदान गरे
भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले जनताले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धमा मतदान गरेको बताएका छन् ।
लोकसभा निर्वाचन २०२४ को प्रारम्भिक मतगणनाले भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याउने देखाएपछि मंगलबार बेलुकी भारतीय राष्ट्रिय कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष खड्गेका साथमा राहुल गान्धी पनि उपस्थित भएका थिए । सम्मेलनमा उनले लोकसभा निर्वाचनमा कांग्रेसले नेतृत्व गरेको इन्डिया गठबन्धनको प्रदर्शनबारे धारणा राखेका थिए ।
“देशमा निर्वाचनको परिणाम आइरहेको छ । हामीले पहिले नै भनेका थियौँ– यो लडाईं मोदी भर्सेज जनता बीचको हो । १८औँ लोकसभा निर्वाचनको जनमत हामी विनम्रतापूर्वक स्वीकार गर्छौँ । यसपटक जनताले कुनै एक पार्टीलाई पूर्ण बहुमत दिएनन् । यो नतिजा मोदीविरुद्ध गएको छ,” अध्यक्ष खड्गेले भने ।
प्रकाशित समय १८:५० बजे















