DG Creation

गृहपृष्ठ दुर्गा खनाल घिमिरे को वेवी शावर सार्वजनिक

दुर्गा खनाल घिमिरे को वेवी शावर सार्वजनिक

Baby Shawer-candles khabar

गीतकार दुर्गा खनाल घिमिरे को वेवि शावरका लागि रचेको गीत सम्ववत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई D4 Youtube channel ले बजारमा ल्याएको छ ।
परिवार मा सबै भन्दा बढी खुशी त्यति वेला हुन्छ जुन वेला आफ्नो उत्तरदायित्व लिने बच्चा आमा को कोखमा छ भन्ने थाह लाग्छ । हामी मानवहरू प्रेम,जीनव र वंशज मध्ये वंशजलाई महत्व दिन्छौं किनकी वंशज भनेको फल हो,सृष्टिको निरन्तरता यसै गरि चल्दै आईरहेको छ। जब हामी मानिसहरू खुशी हुन्छौ हामी त्यो बाढ्न खुशी बाढ्नका लागि विभिन्न उत्सव गर्न चाहन्छौ।

अहिले नेपालीहरू संसारभर पुगेका छन् परीवारमा जव नयाँ बच्चा जन्मदैछ भन्ने थाहपाउने वित्तिकै नेपाली परम्मपरा को दहि चिउरा खुवाउने प्रचलनलाई पश्चिमीमुलुकमा गरिने Baby Shower जस्तै गरि मनाउन थालेका छन। गीतकार दुर्गा खनाल ले जव नेपाली डान्स डाईरेक्टरको मा पुगेको समयमा वेवी शावरको केहि नृत्य तयारी गर्न आएका दिदी बहिनीहरू र नृत्य निर्देशकको कुरा सुनिन जिज्ञासा उत्पन्न भयो उनले सोधिन नेपाली मा कुनै गीत छैन यसकालागि उनले त्यस्तो गीत नभएको थाह पाईन त्यहाँ Baby Shower का लागि अरूनै भाषाको गीत को वोलमा नृत्य तयारी गरेको देखेपछि उनले यो गीत तयार पारेको वताउछिन”। अव यस गीतले Baby Shower को उत्सवलाई अझ रमाईलो र उल्लासमय बनाउने छ

दुर्गा खनाल घिमिरेको यस गीतमा स्वर प्रताप दास र मिलन नेवार अमात्यले को रहेछ । म्युजिक एरेज र कम्पोज हेम लामा ले गरेका छन भने मिक्सिगं मास्टरिगं विवेक शाक्य ले विवेक साउण्ड स्टुटुडियो मा गरेका हुन। यस गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह, कलाकारहरू आयुश रिजाल,अन्जली अधिकारी,रश्मी भट्ट ,कमल कान्त मैनाली रहेका छन भने सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा,ईडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहुेका छन यस गीतको प्रोडक्सन D4 Creation ले र निर्देशक गम्विर विष्ठले गरेका हुन।

Baby Shower song भए पनि विदेशमा वस्ने नेपाली लाई आफ्नो देशको बैवाहिक परम्परा कस्तो रहेछ भन्ने देख्न समेत पाउने गरि यस विवाहमा परिवारको मुल्य मान्यता लाई जोड दिदै माईतिको आगनमा नाच्ने खेल्ने गरेको अवस्था देखि पराईघर जादै गर्दाको र गर्भवती भएर नयाँ बच्चालाई स्वागत गर्न वेला सम्मलाई समेटेर भिडियो तयार गरिरहेको छ , नव आगन्तुक बच्चाको आगमनमा दम्पतिलाई शुभकामना दिदै बच्चालाई समते स्वागत गरिएको छ कुरालाई यस भिडियो मा देखाउन खोजिएको छ ।
आफुले म्युजिक तयार गरेको यस वेवी शावरगीत सम्भवत नेपालको पहिलो Baby Shower वेवी शावर गीत भएको र आफुले यो गीत मा संगीत भर्न पाउदा ज्यादै खुशीलागेको वताउछन् म्युजिसियन हेम लामा। दुर्गा खनाल घिमिरेका अन्य गितहरू पशुपतिमा सुनको गजुर,मौनतामा,नेपालकी छोरी,परदेशीको तिहार जस्ता थुप्रै Music भिडियो D4 creation Youtube channel मा हर्न र सुन्न पाईन्छ ।

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation