DG Creation

गृहपृष्ठ गुईठे रुन्चे भएछ !

गुईठे रुन्चे भएछ !

Avash Budhathoki-candles khabar

घुँ- घुँ- घुँ- घुँ गर्दै कराइरहेको थियो मेरो मोबाइल । भाइब्रेसनमा रहेछ ।
म भने बिहानीको निन्द्रामा मस्त थिए ।
आज अलार्म त राखेको थिइन भनि यसो मोबाइल हेरेको त साथीले फोन गरेको रहेछ । संधै बेलुका-बेलुका कुरा हुन्थ्यो हाम्रो । हिजो बेलुका पनि कुरा भएको थियो ।
मलाई डर- डर लाग्यो ।
हतपत फोन उठाए ।
हतारीदै ूस्याल तलाई फोन उठाउन यत्रो समय लाग्छ भन्यो  गुईठेले । (म मेरो साथीलाई गुईठे भनेर बोलाउथे र उसले मलाई स्याल भन्थ्यो। उसको नाम सुन्दर प्रसाद काफ्ले हो । गुईठे मेरो सबै भन्दा मिल्ने साथी हो र हाम्रो घर पनि नजिकै छ । गुईठे तीन महिना पहिला वैदेशिक रोजगारीको निम्ति खाँडि मुलुक कतार गएको थियो । उसको घरमा बुढो आमाबुबा र विवाह गर्ने उमेर भएकी बहिनी छे। उसले मलाई म विदेश गएर धेरै कमाउछु अनि घर बनाउछु, बहिनीको विवाह गर्दिन्छु भन्थ्यो ) ।

गुईठे त ठिक त छस, आज बिहानै फोन गरिस त – मैले भने

हेर्न हिजो बेलुका तलाई फोन गरेपछि मैले घरमा पनि फोन गरेको थिए (उसले घरमा महिनामा एक(दुई पल्ट मात्र फोन गर्ने गर्थो । आमा रुनुहुन्छ म संग बोल्दा भन्थ्यो र संधै आमाबुबा र बहिनीको खबर बुझ्न फोन गर्ने गर्थो मलाई ) ।

९धेरैबेर पछि फोन उठ्यो । फोन मेरी आमाले उठाउनु भएको थियो । मेरी आमाको आवाज सुन्ने बित्तिकै दिनभरीको सारा थकाई आफै हराएर गयो । आमाले ४(५ पटक सम्म हेल्लो हेल्लो भनेपछि, मैले बल्ल हेल्लो आमा, म बोलेको आमा, ढोग गरे पनि भन्न नपाई सासै नफेरी आमाले हेल्लो( हेल्लो बाबु, सन्चै छस बाबु भन्दै एकहोरो प्रश्न मात्र गरिरहनु भयो । तलाई त थाहा छ आमाले मोबाइलमा सेभ भएको नाम र नम्बर पढ्न जान्नु हुन्न भनेर,(उसले भन्यो मलाई । म सन्चै छु आमा, अनि तपाईहरूलाई कस्तो छ भनेर सोध्दा आमाले हतनपत हामीलाई नि सन्चै छ बाबु, केहि भएको छैन भन्नुभयो । बुबा खै त आमारु भनि फेरि मैले सोधे । बुबा गोठमा मालवस्तुलाई घाँस हाल्दै हुनुन्छ भन्नुभयो । आमाको यो कुरामा सत्यता थिएन ।

मेरो बुबा दमको बिरामी स्वा-स्वा गरेको आवाज प्रस्टै सुनिरहेको थिए मैले । सायद दमले बुबालाई चापेको कुरा मैले थाहाँ पाउछु भनेर होला बुबाले आमालाई छैन भन्न लगाउनु भएको र नजिकै बसेर म बोलेको सुनिरहनुभयो । म आमा-आमा भनि रहे, उता बाट केहि आवाज आएन । एकछिन पछि मलिन स्वरमा आमाले बाबु १ बाख्राले खुट्टा अड्काए जस्तो छ भनेर एक्कासि फोन काट्नु भयो । मैले बहिनीको खबर नी सोध्न पाईन । आमाले नि आफ्नो आसुँ थाम्न सक्नु भएन छ होला । आमा सँग फोनमा कुरा गर्दा गालामा टस्याएर राखेको मोबाइल यसो हेरेको त मोबाइलको सीसा भिजिसकेको रहेछ । मैले नि आसुँ निस्केको त पत्तै पाइनछु ।) – उसले सुनायो मलाई

मेरो बुबालाई अस्पताल लगेर राम्रो सँग जाचँ गरा है म तलाई पैसा पठाईदिन्छु भन्दै फेरी रून थाल्यो गुईठे । गुईठे विदेश गएर रून्चे भएछ ।
न रो गुईठे, म फेरी कान्छीलाई भन्दिन्छु । ए- अ अनि सुन्न तलाई कान्छीले धेरै सम्झेकी छे रे । कान्छी उसको प्रेमिका । मायाले उसले कान्छी भन्थ्यो ।

बल्ल गुईठे खुशी भएछ, लजाउदै म रोएको चाहिँ कान्छीलाई न भन है भन्यो र कान्छीलाई त्यो पहेलो कुर्तासुरूवाल पनि नलगाउन भन्न भन्यो९पहेलो कुर्तासुरवालमा कान्छी त स्वर्गकी अपसरा जस्तै देखिन्छे भन्थ्यो मलाई अनि कान्छीलाई पनि पहेलो कुर्तासुरवाल नलगा फेरी अरू केटाहरूले आखाँ लगाउला भनि जिस्काउथ्यो । अन्तिममा फेरी बुबालाई आजै अस्पताल लैजा भन्दै गुईठेले फोन राख्यो ।

प्रकाशित समय २२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation