गृहपृष्ठ बेसार पानी खानुले कोरोना देखि लामो आयु सम्मको यी १० फाइदा
बेसार पानी खानुले कोरोना देखि लामो आयु सम्मको यी १० फाइदा
बेसार पानी खानुले कोरोना देखि लामो आयु सम्मको यी १० फाइदा
बेसारमा प्राकृतिकरुपमै एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रचुर रहनछ । यी तत्वले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता विकास गर्दछ । बेसारमा हुने करक्यूमिन नामक तत्व शत्तिशाी एन्टीअक्सिडेन्ट हो जसले कोशिकाहरु नष्ट हुनबाट जोगाउँदछ र शरीरमा कोशिका निर्माण तीव्र बनाउँदछ । जानौं यी बाहेक अन्य यसका फाइदाहरु :
१. दिमाग तीक्ष्ण बनाउँछ : हल्का मनतातो पानी र बेसार विहानको समयमा पिउने हो भने यसले हाम्रो दिमागको तीक्ष्णता विकास गर्दछ र अधिक क्रियाशील बनाउँछ ।
२. जलन कम गर्छ : यदि शरीरमा सुनिने र जलन हुने समस्या छ भने बेसार पानी पिउनुस् । यसमा हुने कुर्कुमिन तत्वले सुनिने, जलन हुने तथा जार्नीको दुखाई हुने समस्याबाट मुक्त गर्दछ । यी समस्याका लागि बेसार पानी अचूक मानिन्छ ।
३. मृगौला क्रिया चुस्त बनाउँदछ : बेसार पानीको प्रयोगले मृगौलाको क्रियाकलापलाई चुस्त राख्दछ । यी रोगीका लागि औषधीभन्दा कम छैन बेसार पानी । यसले मृगौलामा भएको खराब कोषहरु नष्ट गरी मृगौलाको कार्यसञ्चालन चुस्त बनाउँदछ र संक्रमण हुनबाट रोक्छ ।
४. हृदयको समस्यामा फाइदाजनक : हृदय समस्याका विरामीले बेसार पानी पिउन जरुरी छ । यसले रगतलाई बाक्लो हुन बचाउँदछ । जसकारण हृदयघातकको जोखिमलाई न्यून गर्दछ ।
५. सुन्दरता बढाउँदछ : बेसार पानीमा कागती र मह मिलाएर पिउने हो भने शरीरमा भएका विषाक्त पदार्थहरु शरीरबाट बाहिर निस्कन्छ । यसरी पानी पिउँदा शरीरमा कोष ताजा भइराख्छ र उमेरको प्रभाव बढ्न दिँदैन । बेसारमा हुने स्वतन्त्र रेडिकल्सहरुले सुन्दरतालाई बढावा दिन्छ ।
६. पाचन राम्रो बनाउँछ : बेसार पानीले पाचनप्रक्रिया सुधार गर्न मद्दत गर्दछ । यसमा हुने एन्टी एक्सीडेन्ट र एन्टी इन्फ्लेमेटरीतत्वले पाचन राम्रो बनाउँदछ र ग्याँस हुन दिंदैन ।
७. प्रतिरक्षा विकास गर्दछ : मनतातो बेसार पानीले शरीरमा प्रतिरक्षा क्षमता विकास गरी रुघाखोकी जस्ता सामान्य रोगहरु तत्काल निको पार्दछ । यतिमात्र नभई यसले विभिन्न किसिमका क्यास्रका रोगको सम्भावनालाई न्यून गरी क्यान्सर हुनबाट बचाउँछ ।
८. मोटोपन घटाउँछ : बसोरको सेवनले मोटोपनमा पनि राहत पाउन सकिन्छ । यसमा हुने करक्यूमिन तत्व शरीरमा घुलेर चिल्लोपदार्थ विकास गर्ने तत्वहरु बन्नबाट रोक्दछ ।
९. दुखाईमा राहत : बेसार शरीरमा हुने दुखाई कम गर्न एकदमै उपयुक्त मानिन्छ । हड्डी टुटेमा, मर्किएमा तथा अन्य चोटपटकमा फाइदाजनक हुन्छ । यसका निम्ति दुध र बेसार मिलाएर पिउनु फाइदाजनक हुन्छ । यसले शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ जुन हृदयसम्बन्धीका रोगसँग सम्बन्धित हुन्छ ।
१०.बढ्दो उमेरको असर कम गर्छ : बेसारको दैनिक प्रयोगले उमेरको असरलाई कम गर्दछ । दुधमा मिलाएर पिउनु छालाका लागि राम्रो मानिन्छ ।
एजेन्सी
प्रकाशित समय २१:३२ बजे















