DG Creation

गृहपृष्ठ थप १८० संङ्क्रमित, संङ्क्रमितको संख्या १८ हजार ९६४ पुग्यो

थप १८० संङ्क्रमित, संङ्क्रमितको संख्या १८ हजार ९६४ पुग्यो

corona test

काठमाडौँ, असार २२ गते । पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

आज २६४ जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या छ हजार ८११ पुगेको छ । आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४ पुगेको छ । काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित भएका छन् ।
असार २१ गते वाग्लुगको ढोरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ । कोरोना भाइरसका कारणले मृत्यु हुने नेपालमा ३५ पुगेको छ ।

प्रकाशित समय २२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation