DG Creation

गृहपृष्ठ काठमाडौंको यो पेट्रोल पम्पका कर्मचारीमा कोरोना पुष्टि

काठमाडौंको यो पेट्रोल पम्पका कर्मचारीमा कोरोना पुष्टि

Khadka Potrol Pum basbari-candles khabar

निकै व्यस्त उपत्यकाभित्रकै पेट्रोल पम्पका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पनि पम्पले बिक्री गर्न छाडेको छैन् ।

काठमाडौंको बाँसबारीस्थित खड्का आयल स्टोर्सका एक कर्मचारीमा कोराना पोजेटिभ देखिएको हो । तर, पनि पेट्रोलपम्प बन्द भएको छैन्, त्यहाँ बिक्री कार्य भइरहेकै छ ।

पम्पका सञ्चालक अच्युत खड्काले परीक्षणमा एक कर्मचारीलाई मात्रै कोरोना देखिएको, तर अरुलाई नदेखिएपछि पेट्रोल पम्पबाट इन्धन विक्री कार्य जारी राखेको बताएका छन् ।

परीक्षणमा एक जनालाई देखिए पनि दुई सातासम्म पेट्रोल पम्प सिल गर्नुपर्ने र अरु कर्मचारी पनि सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । तर, यसलाई बेवास्ता गर्दै इन्धन विक्री गरिएकाले सो पेट्रोल पम्पमा इन्धन भर्न गएका मानिस जोखिममा परेका छन् ।

कोरोना भाइरसको संक्रमण देखिँनै कम्तिमा दुई हप्ता लाग्छ यद्यपी पेट्रोल पम्प सञ्चालकले भने यो कुरालाई बेवास्ता गर्दै संक्रमण फैलाउने जोखिम बढाएका छन् । संक्रमण देखिएका ती व्याक्ति होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित समय १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation