गृहपृष्ठ प्रधानमन्त्रीका तिन सल्लाहकारसहित बालुवाटारका ७६ जनामा कोरोना पुष्टि, मन्त्रीहरु भागाभाग
प्रधानमन्त्रीका तिन सल्लाहकारसहित बालुवाटारका ७६ जनामा कोरोना पुष्टि, मन्त्रीहरु भागाभाग
शुक्रवार गरिएको कोरोना रिपोर्ट परीक्षणमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका त्रय सल्लाहकार, राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई भने संक्रमण देखिएको छ ।
प्रधानमन्त्रीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रकाशित समय १८:४९ बजे















