DG Creation

गृहपृष्ठ गोदावरीका प्रमुख १६ औँ दिनमा कोरोनामुक्त

गोदावरीका प्रमुख १६ औँ दिनमा कोरोनामुक्त

gajendra-maharjan-candles khabar

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका छन्। यही असोज ५ गते ज्वरो, खोकी र जीउ दुख्ने समस्या देखिएर महर्जनले घरमै बसी भोलिपल्ट स्वाब परीक्षण गर्न पठाउँदा ९ गते मात्रै नतिजा पोजेटिभ आएको थियो ।

“म आज १६ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त भएँ ”, प्रमुख महर्जनले बताए । उनले भने, “अब म केही दिन स्वास्थ्यको मापदण्ड पालना गरेर घरमै बस्छु र भीडभाडमा जान्न ।” नगरपालिकाको काम भने केही दिनका लागि घरबाटै गर्ने महर्जनले जानकारी गराए ।
महर्जनकी धर्मपत्नी गङ्गामायाको कोेभिड परीक्षणको नतिजा भने आउन बाँकी रहेको बताइएको छ । सोमबार मात्रै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए । यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भने कोरोना सङ्क्रमणका साथै छातीमा समस्या देखिएर यही असोज १६ गतेदेखि सानेपाको स्टार अस्पतालमा उपचाररत रहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए।

प्रकाशित समय २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation